धादिङ,२१ असोज ।
धादिङका थप २५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १२ पुरुष र १३ महिला गरी २५ नयाँ बिरामी थपिएका छन् ।
योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ८७७ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ५०३ जना पुरुष र ३७४ महिला गरी कुल ८७७ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४९६, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २९, बेनिघाट रोराङका २०, सिद्धलेकका १८, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ५ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् ।
कुल संक्रमित मध्ये १०० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |