धादिङ,२७ असोज ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले एसईईको कार्यतालिका सार्वजनिक गरेको छ ।
बोर्डले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ भने नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।
त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ ।
कार्यतालिका अनुसार पुरक परीक्षा सञ्चालन २०८० को साउन अन्तिम हप्ता हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गर्ने बोर्डले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |