काठमाण्डौ,११ कात्तिक ।
यो महिनाभरि डेङ्गीको जोखिम कायमै रहने भन्दै विज्ञहरुले बताएका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेकोले सचेत हुन विज्ञहरुले आग्रह गरेका छन् ।
विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । सबै जिल्लामा फैलिएको डेङ्गीबाट अहिलेसम्म ४६ हजार सङ्क्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ४६ हजार ४१३ जना सङ्क्रमित भइसकेका छन् । त्यसैगरी ५२ जनाको डेङ्गी सङ्क्रमणबाट ज्यान गएको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमितमध्ये करिब ८० प्रतिशतलाई डेङ्गीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र कडा देखिने भएकाले प्रायजसो लक्षण भएर वा नभएर नै सङ्क्रमित भइसकेकाले वास्तविक सङ्ख्या धेरै हुन सक्छ ।
नेपालमा २/३ वर्षको अन्तरालमा डेङ्गीले प्रकोपको रुप लिने गरेको छ । तीन वर्षअघि १७ हजार ९ सय ९२ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेङ्गीबाट ६ जनाको ज्यान गएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |