शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मंसिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ मा असोज मसान्तभित्र तथ्यांक प्राप्त गरी मंसिरमा विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिँदै भन्नुभयो– ‘आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुसार केन्द्रले विज्ञापन दिएमा प्रक्रिया अघि बढाउन सहज हुने थियो ।’
सूचना अधिकारी मरहठ्ठाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पूरा हुन नसकेका दरबन्दीअनुसार विज्ञापन गर्ने तयारी थालेकोे छ । उहाँले भन्नुभयो– ‘केन्द्रले रिक्त शिक्षकको दरबन्दी विवरण पठाउन साथ विज्ञापन गर्ने तयारी थालेका छौं ।’
विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुनः तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ ।- नेपाल समाचारपत्र दैनिक
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |