नेपाल मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर देखिएको छ । आज काठमाण्डौ उपत्यकाको भक्तपुरमा र दाङको तुलसीपुरमा सबैभन्दा धेरै प्रदूषण रहेको पाइएको छ । तुलनात्मक रुपमा तुलसीपुरकाे हावा धेरै दूषित छ ।
आज बिहान तुलसीपुरमा हावाको गुणस्तर मापन (एक्यूआई) १ सय ६९ र भक्तपुरमा १ सय ३७ रहेको छ । त्यस्तै भरतपुरमा १ सय २५ र बुटवलमा १ सय १९ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ। त्योभन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रिएको र यसको असर अझै केही दिन रहने अनुमान छ । प्रदूषित हावा थप फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।
नेपालमा कात्तिक/मंसिरको समयमा धान काटेपछि पराल जलाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निक्कै असर गर्ने डाक्टरहरु बताउँछन् । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाण्डौसहित देशभर प्रदूषण बढेको थियो ।-ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |