काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेंगीबाट संक्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना संक्रमित रहेका छन् । दोस्रो धेरै संक्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।
यस्तै सबैभन्दा कम संक्रमित भएको भनिएको कर्णाली प्रदेशमा संक्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौं जिल्ला सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा आइतबारसम्म डेंगी संक्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेंगीको छ सय २४ नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै अहिलेसम्म डेंगीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेंगी संक्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |