निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन् ।
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् ।
त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
“उम्मेदवारहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा सागरराज भण्डारी भन्नुभयो, “अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तितस्वरुपको जोखिम बढ्न सक्छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले सभासम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिनुहुन्छ । चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन् ।
कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले सभासम्मेलन र भेलामा सहभागिले खानपानमा समेत विशेष सजग हुनपर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभावी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ ।” रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ । साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।
उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरुको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्तहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले भण्डारीको राय छ ।
यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरु लागिपरेको बताउँछन् । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्नुहुन्छ, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ । सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ ।”
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |