आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ।
समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहनु हो ।
मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरहरु बताउँछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |