अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र संकायका डीन र सहप्राध्यापक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो विश्वविद्यालय सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा विनयकुमार दास विरुद्ध परीक्षाको सामान्य मूल्य-मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकामा पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तरवार्ताका क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारको उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर संकेत गरेको पाइएको आयोगको ठहर छ । अङ्ग्रेजी विषयमा विज्ञसमेत रहेका दासले परीक्षाको सामान्य मूल्य र मान्यता नराखेको पाइएको छ ।
परीक्षा समितिका संयोजक सहायक डीन डिसीले पनि त्यस्तै खालको बदमासी गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |