सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) को नियमित तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १७ मा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी २ मात्रा खोप दिईनेछ । त्यसैगरी छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) २ मात्रा खोप दिइने बताइएको छ ।
यसअघिको तालिकाअनुसार एक वर्ष भित्रका बालबालिकाहरुलाई दिइने एचआईपीभी खोप ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिइन्थ्यो भने छुटेका ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ८ हप्ताको फरकमा दुई मात्रा खोप दिइन्थ्यो ।
मन्त्रालयले खोप प्रभावकारिताकालागि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप तालिका परिवर्तन गरेको जनाएको छ । सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |