धादिङ,३० कात्तिक ।
पछिल्लो २४ घण्टामा धादिङका थप ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७ जना पुरुष र १ जना महिला गरी ८ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।संक्रमित मध्ये ७ जना नीलकण्ठका र १ जना ज्वालामुखीका रहेका छन् ।
यो सँगै जिल्लामा हालसम्म जिल्लाका १ हजार २४९ जना पुरुष र १ हजार ६९ महिला गरी कुल २ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ४५३, गल्छीमा १३१, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५,ज्वालामुखीमा ९२, धुनिबेशीमा ९०,त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ७४, गंगाजमुनामा ३३, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |