धादिङ,३० कात्तिक ।
धादिङमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा एक हजार बढिले गरे रक्तदान गरेका छन् । २०७९ सालको साउन, भदौ, असोज र कात्तिक महिनामा एक हजार तिन जनाले रक्तदान गरेका हुन् ।
२०७९ श्रावण १ देखी २०७९ कात्तिक मसान्तसम्म जिल्लामा रहेका बिभिन्न १८ सङसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट १ हजार ३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा २५० जना महिला र ७५३ जना पुरुष गरी कुल १ हजार ३ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको श्रेष्ठले बताउनुभयो ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।
विशेष गरि दुर्घटनामा परेका घाईते तथा बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले जिल्लाका बिभिन स्थानमा वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरिदैँ आएको रेडक्रसका उपमन्त्री श्रेष्ठको भनाई छ ।
रक्तदान कार्यक्रमहरू रगत संकलनको प्रमुख स्रोत हो । रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई निशुल्क रगत वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले जनाएको छ ।
रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका लागि आएका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी लगाएतले राहत पाएका छन् ।नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि जिल्लाको बिभिन्न गाउँ तथा नगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन्।
यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क उपलब्ध गराउने गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |