धादिङ,०५ मंसिर ।
पछिल्लो २४ घण्टामा धादिङका थप ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
१५ जना पुरुष र १८ जना महिला गरी ३३ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।संक्रमित मध्ये ३० जना नीलकण्ठका,१ जना सिद्धलेकका र २ जना ज्वालामुखीका रहेका छन् ।
यो सँगै जिल्लामा हालसम्म जिल्लाका १ हजार २७८ जना पुरुष र १ हजार १०९ महिला गरी कुल २ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५१४, गल्छीमा १३१, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै ज्वालामुखीमा ७९, सिद्धलेकमा ७७, गंगाजमुनामा ३३, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |