धार्के,२७ मंसिर।
धुनिबेशी नगरपालिकास्थित धार्केमा श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ ।
बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी,स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले चाईल्ड नेपाल तथा आसमान नेपालको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङको आयोजनामो शनिबार कार्यशाला गरिएको हो ।
कार्यशालामा बालश्रम तथा बाल कामका सम्बन्धमा बालबालिकाहरुले भोगिरहेका समस्या र नेपाल कानुनमा भएको व्यवस्थाहरुको बारेमा जीवनको एक दिन, शरीरको नक्शाङ्कन र बालबालिकाहरुको जिवनमा घटेको अविष्मरणीय घटनाको चित्र र श्रमिक बालबालिकाहरुको जिवनस्तर सहज बनाउन प्रभाव पार्ने व्यक्तिहरुको भुमिका औजार बिधिबाट सहजकर्ताद्वय सुनिता कँडेल र गोबिन्द बिडारी सहजिकरण गर्नु भएको थियो ।
कार्यशालाले बालबालिकाहरुको शारीरिक,मानसिक तथा सामाजिक रुपमा आईपर्न सक्ने क्षमताको विकास भएको कार्यक्रममा सहभागी बिपना बिक, ज्योति बुढामगर, हरि बिक लगायतका बालबालिकाहरुको भनाइ रहेको थियो।
कार्यशालामा जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ जना बालबालिकाहरुको सहभागीता रहेको धार्केबाट गोबिन्द बिडारीले जानकारी दिनु भयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |