धादिङ,२७ मंसिर।
धादिङमा ‘किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएकोे छ ।
आसमान नेपाल, शिक्षा पत्रकार समाज, भि.एस.ओ र युके.एडको संयुक्त साझेदारीमा जिल्लाको बिभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको ‘किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएकोे हो ।
मंगलबार धादिङबेशीमा आयोजित जिल्ला स्तरीय सिकाई आदान प्रदान कार्यशाला तथा बालिका शिक्षाको नितिगत पैरवी तथा सिकाई आदान प्रदान कार्यक्रममा परियोजना अन्तर्गत सम्पन्न भएका क्रियाकलापको प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम उद्धेश्य अनुसार अगाडी बढीरहेको भन्दै निरन्तरता दिन आग्रह गर्नुभयो । पछिल्लो समय नितिगत भन्दा व्यवहारिक पक्ष कमजोर बन्दै गएकाले जिम्मेवार निकायहरुले गैरजिम्मेवार काम नगर्न अनुरोध पनि गर्नुभयो ।
उहाँले परियोजना शिक्षामुखि रहेको बताउँदै समन्वयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । त्यसैगरी जिसस उपप्रमुख कुलमान वि.कले महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने बताउनुभयो । स्थानिय, प्रदेश र संघ सरकारले गर्नुपर्ने काम परियोजनाले गरेको बताउँदै निरन्तरता दिन आग्रह गर्नुभयो ।
जिल्ला शिक्षा समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठले मिलेर काम गर्न चाहेको वताउनुभयो । उहाँले अन्य पालिकाहरुसंग पनि सहकार्य गरेर यस्ता किसिमको परियोजना संचालन गर्नु पर्ने वताउनुभयो । नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आसमान नेपालकी कृती केशरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, सहयात्री समाजकी राधिका सापकोटा,दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती, बिभिन्न पालिकाका शिक्षा शाखाका प्रमुख, बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षक लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार सिताराम अधिकारीले गर्नुभएको थियो । भि.एस.ओ. र आसमान नेपालको संयुक्त साझेदारीमा धादिङको बिभिन्न १२ बिद्यालयमा किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम संचालन हुँदै आएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |