धादिङ,०५ पुष ।
धादिङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा गरिएको छ ।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) धादिङद्धारा वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेकका धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका बिभिन्न ३६ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।
अधिकारीले प्रस्तुत गर्नुभएको घटना विवरणमा १२ ओटा निर्वाचन लक्षित कुटपिट तथा झडपको घटना, ३ ओटा बलात्कार,१ बलत्कारको प्रयास,५ बाल यौन दुर्व्यवहारका घटना,२ वटा हत्याका घटना लगायतका रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले गाउँमा धेरे लुकेर रहेका घटनाहरूलाई पनि सङ्कलन गर्नु पर्ने सुझाव दिनु भएको छ । त्यस्तै कार्यक्रममा सहभागि सरोकारवालाहरुले विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकाशित गर्दै आएको र यो एउटा अत्यन्तै सकारात्मक भएको बताएका छन् ।
साथै पुस्तकमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका विषय पनि समावेश गर्न पनि सुझाव दिएका छन् । सहभागिहरुले प्रहरी, प्रशासन, स्थानीय तह तथा सरोकारवाला हरुसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिएका छन्।
जिल्ला समन्वयन समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिसस उपप्रमुख कुलमान विक, सामाजिक अभियन्ता,नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले नेपालमा हरेक दिन हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना लगाएतका सामग्री प्रकाशन गर्दै आएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |