धादिङ,०५ पुष ।
धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानबाट पेट दुख्ने, खान नरुच्ने, ग्याष्ट्रिक, ढाड, कम्मर दुखेको जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमा धाउन थालेका छन् ।
मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको बताउनुभयो।
गत आ.व. २०७८/७९ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै सुचना अधिकारी सापकोटाले गत आर्थिक बर्षमा मात्रै केन्द्रबाट ३० हजार बढि नागरिकले सेवा लिएको बताउनुभयो । उहाँले हाल जिल्लाको ६ वटा स्थानीय तहबाट आयुर्वेद स्वास्थ्य सेवा प्रवाह भईरहेको भन्दै आयुर्वेद स्वास्थ्य केन्द्रले २५ बेडको अस्पताल सञ्चालनमा ल्याउने पनि बताउनुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी प्रमुख डा.सुईरा जोशीले केन्द्रबाट प्रदान गरिदै आएको सेवाहरु,षडरसयुक्त खाना, दैनिक आहारमा आवश्यक बिबिध र पौष्टिक खानेकुराको संरचना, स्वस्थ्य आहार, दिनचर्या, भोजन र भोजनविधि,योगा तथा खानपान सम्बन्धी ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने बताउनु भयो । त्यस्तै केन्द्रमा हाल शशुल्क फार्मेशी पनि सञ्चालनमा आएको भन्दै डा.जोशीले फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने बताउनु भयो ।आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाहरु प्रवद्र्धन गर्नुपर्नेमा अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका संचालन तथा व्यवस्थापन समिति अध्यक्ष भरत ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रका कर्मचारी तथा बिभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |