त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।
उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ ।
तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।
नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |