पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ । यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन् ।
बागमती प्रदेशभित्र स्थायी बसोबास गरी नागरिकता भएका र ३० वर्ष उमेर नाघेका व्यक्तिले उक्त सेवा प्राप्त गर्र्ने छन् । कार्यक्रमअन्तर्गत प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा चिकित्सकलाई रिपोर्ट देखाउन सकिने उहाँले बताउनुभयो । बिरामीको चाप हेरेर स्वास्थ्य परीक्षण गर्ने समय थप गर्ने अस्पतालको योजना छ ।
पैसा अभावमा स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले बागमती प्रदेश सरकारले उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले अस्पताललाई रु ३० लाख बजेट छुट्याएको छ । नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्शसहित उपचारमार्फत जटिल हुन नदिन तथा यस रोगलाई न्यूनीकरणतर्फ लैजान मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको हो ।
यस कार्यक्रमअन्तर्गत बिरामीको नसर्ने रोगसम्बन्धी सम्पूर्ण शरीर जाँच, दमखोकीका लागि क्याट टेस्ट, तौला र पेटको मोटाइ, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परीक्षण, रगतमा चिनीको जाँच, मिर्गौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, युएसजी, भीआइए जाँच (महिलाका लागि) र परामर्श सेवा दिइने अस्पतालले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |