गजुरी,२९ माघ ।
गजुरी गाउँपालिका–६ गौरी भञ्ज्याङस्थित पञ्चकन्या आ.बिमा बिद्यालय विकासमा सरोकारवालाहरुको भूमिका बिषयक अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।
पञ्चकन्या आ.बिको आयोजना, गाउँपालिकाको समन्वय तथा प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्ट र प्रयास नेपाल धादिङको सहयोगमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धीे मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धी बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको लागी संचालन गरिएको २ दिने अन्तरक्रिया कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।
प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल, नवराज लामिछाने र कपिलदेब सापकोटाले सहजिकरण गर्नुभएको कार्यशालामा बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ?, सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचारसंहिता लगायतका बिषयमा छलफल गरिएको थियो ।
प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालय व्यवस्थापन, शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रर्वधन गर्न बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको बताउनुभयो ।
गजुरीको सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो । कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी , अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता निर्माण गरिएको र पुर्ण रुपमा कार्यान्वयन गरिने पञ्चकन्या आधारभुत बिद्यालयका प्रधानाध्यापक रामजी बहादुर श्रेष्ठले बताउनुभयो ।
बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष संगिता प्रजाको अध्यक्षतामा भएको कार्यशालामा बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारी लगायत सरोकारवाला हरुको उपस्थिति रहेको कपिलदेव सापकोटाले जानकारी दिनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |