धादिङ,०७ फागुन।
सिद्धेश्वर माध्यमिक विद्यालय भुतुपुर्व बिधार्थी समाजको तदर्थ समिति गठन गरिएको छ ।
आईतबार सिद्धलेक गाउँपालिका ४ स्थित थोपलहाईड्रो परिसरमा भएको साधारण सभा तथा बनभोज कार्यक्रमले नारायण प्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय सिद्धेश्वर माध्यमिक विद्यालय भुतुपुर्व बिधार्थी समाजको तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको उपाध्यक्षमा नारायण प्रसाद अर्याल, महासचिवमा हरि बहादुर सिलवाल, सचिवमा वलराम अधिकारी र कोषाध्यक्षमा विना भट्टलाई सर्बसम्मत चयन गरेको छ। सदस्यहरुमा भगवान भट्ट, दिपिन अर्याल, दिपक दुवाडी, यम बहादुर थापा मगर, दिपक श्रेष्ठ, पदमराज सिलवाल, शालिग्राम सिलवाल,भुपेन्द्र सिलवाल, भिम भट्ट, विष्णुलाल श्रेष्ठ, मदनकुमार सिलवाल र अनिल नेपाली रहेका छन्।
यस्तै कृष्ण प्रसाद अर्यालको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ।समितिका अन्य सदस्यहरुमा ईन्द्र प्रसाद अर्याल र झंकनाथ भट्ट रहेका छन्।
बिद्यालयमा बिभिन्न परोपकारी काम तथा बिद्यालयको हितमा काम गर्ने उद्धेश्यले समाज गठन गरिएको हो । तदर्थ समितिका अध्यक्ष एवम नेपाल सरकारका सहसचिव नारायण प्रसाद भट्टले सिद्धेश्वर माध्यमिक विद्यालयलाई समाजले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष भट्टको सभापतित्वमा भएको साधारण सभामा सिद्धलेक गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सविता अर्याल, वडा नं ३ का वडाध्यक्ष देव पुलामी, वडा नं ४ का वडाध्यक्ष झक बहादुर थापा मगर, वडा नं ६ का वडाध्यक्ष सुरेन्द्र मगरको बिशेष आतिथ्यता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |