कठेरी,१२ चैत ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ कठेरीमा बालमैत्री स्थानीय शासन कार्यान्वयनसम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आईतवार वडासमितिका पदाधिकारी हरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष कुश बहादुर सिटौलाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी ५ ले २०८० भित्र वडालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको बताउनुभएको छ ।
कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वाेत्तम हित,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति,योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएको बताउनुभयो ।
उहाँले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरीले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत अभियानको रुपमा अगाडि बढाईएको बताउनुभयो ।
बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका, अभिभावक, बिद्यालय, जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको देवकोटाको भनाई छ ।
कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरबाट गर्नुपर्ने बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता,वडा बालसंञ्जाल गठन,परिचालन , समुदाय तहमा गर्नु पर्ने बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
वडाध्यक्ष सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित २१ जनाको सहभागीता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |