धादिङ,२८ चैत।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ सञ्चालन भईरहेको छ ।
बागमती प्रदेश सरकारको आ.व.२०७९/८० को नियमित स्वीकृत कार्यक्रम अन्तरगत धादिङ आयुर्वेदमा पनि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू भएको हो ।
नसर्ने रोगहरुको समयमै परिक्षण गरी रोगको सिघ्र पहिचान गर्ने र जटिलता न्यूनीकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार उक्त कार्यक्रम अन्तरगत लक्षित समुह ३० बर्षभन्दा माथिका व्यक्तिहरुले निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने छन् ।
स्वास्थ्य परिक्षणका क्रममा तालिम प्राप्त चिकित्सकद्धारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरिरको जाँच, तौल, उचाई, पेटको मोटाई, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, रगतमा चिनिको जाँच, मृगौला, कलेजोको जाँच, लिपिड प्रोफाईल र परामर्श सेवा प्रदान गरिने सापकोटाले बताउनुभयो ।
उहाँले परिक्षणको लागि प्रत्येक महिनाको १५ र ३० गते बिहान ८ बजेदेखी १० बजेसम्म खालीपेट आउनुपर्ने बताउनुभयो ।
धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानबाट पेट दुख्ने, खान नरुच्ने, ग्याष्ट्रिक, ढाड, कम्मर दुखेको जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमा धाउन थालेका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने सूचना अधिकारी सापकोटाको भनाई छ । त्यस्तै केन्द्रमा हाल शशुल्क फार्मेशी पनि सञ्चालनमा आएको र फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने बताउनु भयो ।
हाल जिल्लाको ६ वटा स्थानीय तहबाट आयुर्वेद स्वास्थ्य सेवा प्रवाह भईरहेको छ ।
सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |