धादिङ।आज ५९औँ राष्ट्रिय बाल दिवस, दिवसको अवसरमा प्रयास नेपाल धादिङले जिल्ला कारागार धादिङमा रहेका बालबालिकाहरुलाई स्टेशनरी र कपडा वितरण गरेको छ।
विभिन्न अपराधमा जेल सजाय भोगि रहेका अभिभावकहरुको साथमा कारागारमा बस्दै आएका ३ जना बालबालिका हरुलाई कारागारका प्रमुख राममणि मिश्रको समन्वयमा स्टेशनरी तथा कपडा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण जस्ता सामुदायिक विकास कार्य गर्दै आईरहेको छ।
यस्तै आज बाल दिवसमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |