धादिङ। धादिङमा दुई महिनाको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार नाघेको छ ।
साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०/३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
पछिल्लो २४ घण्टामा पनि ५ पुरुष र ३ महिला गरी ८ जना डेङ्गीका बिरामी भेटिएका छन्।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार ३८ पुगेको छ।जसमा पुरुष १ हजार ४७२ र महिला १ हजार ५६६ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५१७ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |