धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री वितरण गरिएको छ।
शनिवार प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले ४४ औं सामाजिक सेवा दिवसको अवसरमा सामाग्री वितरण गरेको हो।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालयमा रहेका बालबालिकाको हितमा काम गर्ने सोच रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘एक जना साथी मार्फत यस विशेष विद्यालयमा विभिन्न आवश्यकताहरु रहेको जानकारी पायौं । तत्कालको लागि शैक्षिक सामाग्री, फलफुल तथा खाद्य सामाग्री वितरण ग¥यौं । आगामी दिनमा यस विशेष विद्यालयलाई बालमैत्री बनाउन र बालबालिकाको हितमा काम गर्न प्रयास नेपालले योजना बनाएर अघि बढ्ने सोच बनाएका छौं ।’
शैक्षिक तथा खाद्य सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले बजेट अभावले विद्यालयलाई व्यवस्थित गर्न समस्या परेको बेला प्रयास नेपालको खाद्य तथा शैक्षिक सामाग्री सहयोगले खुशी मिलेको बताउनुभयो। खाद्यान्नको अभावले विद्यार्थीलाई पोषिलो खानेकुरा खुवाउन नसकिएको बताउनुभयो।
उहाँले भन्नुभयो,महिनामा प्रति विद्यार्थी चार हजार आउने छात्रवृत्ति पनि दश महिना मात्रै आउँछ । दुइ लाख श्रोत कक्षा अनुदान, ३० जना विद्यार्थीको छात्रवृत्ति बापत आउने बाह्र लाख र कहिलेकाँहि पाइने यस्तै सामाजिक संस्था तथा समाजसेवीहरुको सहयोगले विद्यालय चलेको छ ।’
नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा उत्तरी धादिङदेखि दक्षिणी धादिङसम्मका बौद्धिक अपाङ्गता भएका ३० जना बालबालिकाहरु रहेका छन् ।सरकारको नजर नपुग्दा विशेष विद्यालय सञ्चालन गर्न ठूलै समस्या परेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |