धादिङ।सानिमा बैक धादिङ शाखाको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङबेशीमा ५२ जनाले रक्तदान गरेका छन्।
बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्यमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला र ४१ जना पुरुष गरि ५२ जनाले रक्तदान गरेका हुन्।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
यस्तै बैकको वार्षिकोत्सवकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसीका नारायण कुमार श्रेष्ठले ५९ औं पटक रक्तदान गर्नुभएको छ। श्रेष्ठले तीन–तीन महिनामा रक्तदान गर्दै आउनुभएको छ।
उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ ।नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |