नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डौ, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको सङ्क्रमण र यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सकेसम्म भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन र अरुलाई पनि यी मापदण्ड पालना गर्न लगाउन भनिएको छ ।
छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो ।नेपालमा पनि संक्रमण देखिएपछी नाकामा उच्च निगरानी थालिएको छ ।
नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले जेएन वान भाइरस तत्कालका लागि कम घातक तर तीव्र गतिमा फैलने जनाएको छ।
यसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीर काम्ने, थकान महसुस हुने, नाकबाट पातलो पानी बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दुस्ख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्ने डाक्टरले बताएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |