धादिङ । चिकित्सकको कमजोरीले धादिङ अस्पतालमा एक विरामीको मृत्यु भएको छ ।
आइतबार दिउँसो स्वास्थ्य चेकजाँच गराउन धादिङ अस्पताल आइपुगेकी ज्वालामुखी गाउँपालिका–२ मैदीस्थित पँदेलीथोककी ५८ वर्षीय विद्यादेवी सिंखडाको सोमबार विहान मृत्यु भएको हो ।
आइतबार ओपिडी सेवामा चेकजाँच गरी थप उपचारको लागि अस्पताल भर्ना भएकी सिंखडाको अस्पतालकै कमजोरीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र परिवारले सोमबार दिनभर अस्पतालमा घेराबन्दी गरी उपचारमा लापरबाही गर्ने कर्मचारी तथा चिकित्सकमाथि कारबाहीको माग गरेका थिए ।
अस्पताल घेराबन्दी पछी अस्पताल प्रशासनले पनि आफुहरुको कमजोरी भएको स्वीकार गरेको छ। दिनभर विवादित बनेको अस्पताल क्षेत्र साँझपख वार्तापछि साम्य भयो ।
मृतकका परिवार र अस्पताल प्रशासनविच तिन बुँदे सहमति भएपछि आफन्तले शव उठाउने भएका छन् ।मृत्यु भएकी सिंखडाको नाममा अस्पतालको सिटिस्क्यान भवनको नाम राख्न व्यवस्थापन पक्ष सहमत भएपछि शव उठाउने भएका हुन् ।
पीडित पक्षको माग बमोजिम अस्पताल व्यवस्थापन, संघीय सांसद रामनाथ अधिकारीको उपस्थिीतीमा पीडित पक्ष र चिकित्सक समेतको सहभागितामा वार्ता भएको थियो ।
सहमति अनुसार अस्पतालमा हाल निर्माण हुने चरणमा रहेको सिटिस्क्यान भवनको नाम बिदादेवी सिंखडा स्मृति भवन नामाकरण गर्ने, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको संयोजकत्वमा ज्वालामुखीका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्र प्रसाद भट्ट, नीलकण्ठ नगरपालिका र धादिङ स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी विष्णुमाया रिजाल, र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ रहेको छानबिन समिति गठन गर्दै २१ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमति भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिनुभयो।
यस्तै छानबिन समितिले प्रतिवेदन बुझाएपछि दोषी देखिएका कर्मचारीलाई कारबाहीको लागी सिफारिस गर्ने पनि सहमति भएको छ।
वार्तामा संघीय अधिकारी, नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, ज्वालामुखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोद तिमल्सीना, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल, मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र प्रसाद भट्ट, डा. दिनेश रेग्मी, डा. रामन्द्र रिजाल, मृतकका छोरा प्रकाश सिंखडा, नेपाली काँग्रेसका नेता दीपक कोइराला, मृतकका श्रीमान् राजेन्द्र सिंखडा लगायत सहभागी थिए।
यस्तो छ,मृतकका परिवार र अस्पताल प्रशासनविचको तिन बुँदे सहमति :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |