काठमाण्डौ लगायत विभिन्न जिल्लामा अफ्रिकन स्वाइन फिभर देखिएको छ।
सुँगुर र बङ्गुरमा देखिने छिटो फैलिने रोग ‘अफ्रिकन स्वाइन फिभर’ अहिलेसम्म पाँच वटा जिल्ला काठमाण्डौ, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका, काठमाण्डौको कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको सम्बन्धित पालिकाले जनाएका छन् ।
सङ्क्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको समेत पाइएको छ ।
रोगको सङ्क्रमण पुष्टि भए पनि पशु सेवा विभागसँग मरेका सुँगुर/बङ्गुरको विवरण भने छैन ।
यो सरुवा रोग हो । यो रोगको सङ्क्रमण सुँगुर/बङ्गुर तथा बँदेल प्रजातिबाट अरू पशुमा सरेको पाइएको छैन ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार सुँगुर/बङ्गुर तथा बँदेल प्रजातिका पशुमा सङ्क्रमण भइहाले मर्ने जोखिम उच्च हुन्छ ।
तर सङ्क्रमित त्यस्ता पशुबाट राेग मानिसमा भने नसर्ने उहाँले बताउनुभयो । यो रोग विशेषगरी रोगी सुँगुर/बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षणसहित सुँगुर, बङ्गुर मर्ने गर्छ ।
यो रोगको सङ्क्रमण एकबाट अर्कोमा छिटो सर्ने तर प्रभावकारी उपचार नभएको डा. ढकाल बताउनुहुन्छ ।
विभागले प्रदेश सरकार र पालिकालाई पनि आवश्यक सचेतनाको काम गर्न अनुरोध गरेको छ । विभागले किसानलाई नआत्तिन आग्रह गरेको छ ।
तर अघिल्लो वर्ष फागुनदेखि शुरु भएको ‘लम्पी स्किन’ रोगबाट गाईभैँसीमा सङ्क्रमण फैलँदा ७६ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको नेपाल पशु चिकित्सा परिषद्ले दुई महिनाअघि एउटा रिपोर्ट सार्वजनिक गरेको थियो ।
अहिले देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ बेलैमा रोकथाम गर्न नसके सुँगुर/बङ्गुर पाल्ने किसानले पनि यसैगरी ठूलो आर्थिक क्षति भोग्नुपर्ने हुन सक्छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |