धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलको १२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको छ ।
आज बुधबार श्रीपञ्चमीका दिन विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको हो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ ।
विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन रहेको र यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।
आज श्रीपञ्चमीकै दिन २४ जना नयाँ विद्यार्थी भर्ना भएका आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले बागमती कलमलाई जानकारी दिनुभयो ।नयाँ विद्यार्थीहरुलाई निशुल्क भर्ना सँगै टिर्सट र स्टेशनरी साम्रागी समेत वितरण गरिएको अर्यालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सबिता अर्यालले आयाम स्कलुले शिक्षा प्रति अभिभावकको आस्था बढाउने काम गरेको भन्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थी र २०७९ मा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयकी भाइस प्रिन्सिपल लक्ष्मी सिखडाको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धलेक गाउँपालिका उपाध्यक्ष अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालय संचालक समिति सदस्य सुनिता कारखेती, भाइस प्रिन्सिपल लक्ष्मी सिखडा, बैरेनी युवा क्लवका अध्यक्ष शंकर भट्ट लगाएतको आतिथ्यता रहेको कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरु सहभागी थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |