धादिङ । धादिङमा साउनयता ६ सय २५ जनामा डेङ्गी पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ७ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमित ५ पुरुष र २ महिला रहेकोे विवरणमा उल्लेख गरिएको छ। यो सँगै जिल्लामा चालु आर्थिक बर्ष २०८१/८२ को साउनयता हालसम्म ३ सय ४१ पुरुष र २ सय ८४ महिला गरी कुल ६ सय २५ जना संक्रमित भएका छन्।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित बेनिघाट रोराङ गाउँपालिकामा १९४, नीलकण्ठ नगरपालिकामा ११५, गल्छीमा ८२, गजुरीमा ५८, सिद्धलेकमा ३९, थाक्रेमा ३६, ज्वालामुखी २०, त्रिपुरासुन्दरीमा ७, गंगाजमुनामा ५, धुनिबेशीमा ४ र नेत्रावती डवजोङ,रुवीभ्याली र खनियाबास गाउँपालिकामा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाहिरी जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख गरिएको छ।
धादिङमा डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ।
अहिले जिल्लामा २ सय ९ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
कार्यालयको विवरण अनुसार चालु आर्थिक बर्ष २०८१/८२ को साउनयता हालसम्म सबैभन्दा बढि नीलकण्ठ नगरपालिकामा ९८,ज्वालामुखी ४६, सिद्धलेकमा २७, त्रिपुरासुन्दरीमा १६ र बेनिघाट रोराङ गाउँपालिकामा १० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै नेत्रावती डवजोङमा ४, गंगाजमुनामा २, रुवीभ्यालीमा २, गजुरीमा २, खनियाबासमा १ र बाहिरी जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख गरिएको छ।
डेङ्गी लामखुट्टेका माध्यमबाट मानिसमा सर्छ।
स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |