धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित देउराली चौतारामा भएको निशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जनाले उपचार सेवा लिएका छन् ।
नीलकण्ठ बहुमुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले आयोजना गरेको समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तरगत बुधबार १ सय २५ जना स्थानीयहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको क्याम्पसको गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख हरि लंसालले बताउनुभयो ।
स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर जाँच गर्नुका साथै B.M.I.(बडी मास्क इन्डेक्स) चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा.दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।
स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपीडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको डाक्टर रेग्मीले जानकारी दिनुभयो ।
क्याम्पस र समुदायको सम्वन्ध थप विस्तार गर्नको लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको र यस्ताखाले स्वास्थ परीक्षण कार्यक्रम क्याम्पसको कार्यक्षेत्र भित्रका अन्य ठाउँहरुमा समेत आगामी दिनमा सञ्चालन गरिने गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख लंसालले बताउनुभयो ।
कार्यक्रम व्यवस्थापनमा युवा रेडक्रस सर्कल क्याम्पस इकाईले सहयोग गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |