काठमाडौं । वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ ।
विभागले सूचना जारी गरी काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेकाले फोहोर नजलाउन आग्रह हो ।विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ ।
आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो ।
यसैगरी चितवनको भरतपुरका १४१, भक्तपुरको १२१, धनकुटामा ९१, नेपालगञ्जमा ६८ र काठमाडौंको शंखपार्कमा ५२ एक्यूआई रहेको वातावरण विभागले जनाएको छ।
वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।१५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।
विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |