धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका ५ सुनपोखरीस्थित सल्यानकोट माध्यमिक विद्यालयमा माध्यमिक तहको अन्तर समिति हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सल्यानकोट मा.वि ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक सघले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा रानीपौवा मा.वि प्रथम, त्रिपुरासुन्दरी मा.वि द्वितीय, महेन्द्रोदय मा.वि तृतीय र सल्यानकोट मा.वि सान्त्वना भएको छ ।
वि.ब्य.स.अध्यक्ष शम्भु थापाको अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिका भित्रको ८ वटा मावि विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक सघको समूह सहभागी थिए । प्रतियोगितामा विजेता टिमलाई बधाई दिंदै प्रमुख अतिथि पालिका उपाध्यक्ष देबराज धरेलले यो कार्यक्रम नयाँ भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
प्रतियोगितामा बिधालयको बि.ब्य.स तथा शि.अ.सघ मध्येबाट जनप्रतिनिधि तथा कर्मचारी बाहेक कम्तीमा तीन जना सहभागी हुन पाउने नियम बनाईएको सल्यानकोट माध्यमिक विद्यालयका शिक्षक महेश अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९(बि.ब्य.स तथा शि.अ.सघ र बिधालय सम्बन्धि), नेपालको संविधान तथा स्थानीय सरकार सन्चालन ऐन २०७४(शिक्षा सम्बन्धि मात्र) र सामान्य ज्ञान तथा समसामयिक बिषय समावेश गरिएको विद्यालयका शिक्षक अर्यालले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |