धादिङ । सदरमुकाम धादिङबेशीमा भएको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ।
बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दिवस तथा ११ औँ जिल्ला अधिवेशनको अवसरमा प्याब्सनले आयोजना गरेको प्रतियोगितामा एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क प्रथम भएको हो।
प्याब्सन धादिङका अनुसार दुबै विद्यालयले समान १७४/१७४ अंक ल्याए पछि दुबैलाई प्रथम बनाईएको हो।
प्रतियोगितमा रोजमेरी चाईल्ड केयर बोर्डिङ स्कुल द्वितीय, आधारशिला पाठशाला तृतीय भएको छ भने मुनाल एकेडेमी, सल्यानटार बालविकास र त्रिपुरेश्वर बोर्डिङ स्कुल सान्तवना भएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना भएका विद्यालयलाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
प्रतियोगितामा प्याब्सनमा आवद्ध ७ विद्यालय सहभागी थिए।
विजेता विद्यालय र शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रिय उपाध्यक्ष किशोर कुमार गौतम, उपाध्यक्ष थकिन कुमार गुरुङ, प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष केशवलाल श्रेष्ठ,प्याब्सन धादिङका निवर्तमान अध्यक्ष विनोदमान श्रेष्ठ लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो।
त्यस्तै एसइइ, कक्षा १२ लगाएतका परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिद्यालय, विद्याथीलाई सम्मान गरिएको थियो।
कार्यक्रमको तस्विरका लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/kalambagmati/
यो पनि पढ्नहोस्
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |