धादिङ । मिर्गौलाको रोगबाट पीडित धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का याम बहादुर आचार्यले आर्थिक सहयोग गरेर आफूलाई बचाउन आग्रह गर्नुभएको छ।
आर्थिक स्थिति कमजोर रहेका ५२ वर्षीय आचार्यको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बन्नुभएको छ।
आचार्यको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले बताएको छ।
परिवार स्रोतका अनुसार उहाँको छोरा रञ्जन आचार्य पनि विगत ९ वर्षदेखि मिर्गौला फेल भई हाल पाटन अस्पतालमा उपचार गराइराख्नुभएको छ।
उपचारको क्रममा आर्थिक अभाव भएको हुनाले आफुले सक्ने जति सहयोग गरिदिन पीडित आचार्यले अपिल गर्नुभएको छ ।
सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००५०१३००१४६६३६०००००१ म सहयोग गर्न सकिने परिवार स्रोतले बताएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |