काठमाण्डौ,१६ असोज ।
काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ । दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै आज पनि यो सडकखण्डमा बिहानैदेखि नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ ।
हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो ।गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् ।
काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् । दशैँको घटस्थापनादेखि अहिलेसम्म ६ लाख भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |