चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेकाे हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।
यसरी फर्किने धेरैजसाे इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेकाे पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् । केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ पुगेकाे उनले बताए ।
एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |