धादिङ,२८ असोज।
धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको हो ।
विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका प्रत्येक वडा वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ । उक्त अभियान गल्छी गाउँपालिकाका वडाबाट सुरु गर्न लागिएको बिभागका निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।
बिहिबार गल्छी बैरेनीमा १३ वटै पालिका प्रमुखको उपस्थितिमा आयोजित कार्यक्रममा पौडेलले आजदेखि नै आवश्यक जनशक्ति परिचालन गरी १०४ वटै वडामा पुगेर परिचयपत्र बनाउने तयारी थालिएको बताए । यो अभियानपछि परिचयपत्रनै बनाउन जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई परिचयपत्र उपलब्ध गराउने तयारी भएको जानकारी दिनुभयो । अभियानलाई स्थानीय जनप्रतिनिधिले पनि पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् ।
नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पुरा गरेको छ भने तेह्र जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ ।
सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौँमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण सङ्कलन गर्नेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |