धादिङ,२८ असोज ।
म्यादी प्रहरीका लागि धादिङमा १ हजार ६८८ जना छनोट भएका छन् ।
आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धादिङमा ५८६ जना महिला र १ हजार १०२ जना पुरुष गरी १ हजार ६८८ जना छनोट भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम बहादुर खत्रिले जानकारी दिनुभयो । भर्ना हुनको लागि जिल्लाका दुई हजार ६०९ जनाले आवेदन दिएका थिए ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ४१५ म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा छनोट भएका ८ सय ८३ जना अहिले पनि छनोट भएको डिएसपी खत्रिले बताउनुभयो । आवेदन दिएका मध्येबाट शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्ता लगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई छनौट गरिएको खत्रिले बताउनुभयो ।साथै ३३८ जना बैकल्पिक उम्मेदवारको रुपमा छनोट भएका छन् ।
छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् । निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |