यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा भएको थियो ।
राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए ।
ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाईते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
‘सबैभन्दा बढी ४६ जनाको मृत्यु चट्याङ्गबाट भयो, १३० जना घाईते भए । पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाईते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना वेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु, १० जना घाईते भएका छन् । सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएका छन्,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।
पाँच प्रकारको विपद् घटनाबाट मनसुन सुरु भएपछिको एक सय दिनमा ४९ जिल्लाले मानवीय क्षति व्यहोरेको छ । सो अवधिमा ५ हजार ४६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।
अघिल्लो वर्ष २०७८ सालमा मनसुन सुरु भएपछिको एक सय दिन (२०७८ जेठ २८ – असोज २) मा ७१७ वटा मनसुनजन्य विपद्का घटना भएका थिए । ती घटनामा १७४ जनाको मृत्यु, ३७ जना बेपत्ता र १८१ जना घाइते भएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |