निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ–बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ–बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्टर सञ्चालनमा आएको हो ।
आयोगमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ती दुवै सेवाको शुभारम्भ गर्नुभयो । उहाँले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनका रुपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
पैसा नलाग्ने (टोल फ्रि) ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । हाल दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म छ जना कर्मचारीबाट सञ्चालित हुने सो सेवाबाट लाभ लिन प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभयो ।-
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |