आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी रौतहट निर्वाचन क्षेत्र नं. (क) मा परेको छ । उक्त क्षेत्रमा २८ जना पुरुष र २ जना महिला गरी ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ ठूलो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभामा तेस्रो ठूलो उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ । यस क्षेत्रमा २५ जना पुरुष र एक जना महिला गरी २६ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ । चौंथो ठूलो संख्यामा उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.४ (क)मा २२ जना पुरुष र ३ जना महिला गरी कुल २५ जनाको परेको छ । कविलवस्तुको निर्वाचन क्षेत्र नं.३ (ख)मा २४ जना पुरुष र एक जना महिला गरी कुल २५ जनाको उम्मेदवारी परेको छ ।
आयोगका अनुसार छैठौं ठूलो संख्यामा उम्मेदवारी परेको रौतहट निर्वाचन क्षेत्र नं.४ (ख)मा २३ जना पुरुष र एक जना महिला गरी २४ जनाबीच प्रतिस्पर्धा हुनेछ । सातौं ठूलो संख्यामा उम्मेदवारी महोत्तरीको निर्वाचन क्षेत्र नं.४ (ख)मा परेको छ । यसक्षेत्रमा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
आठौं ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (क) मा परेको छ । यो क्षेत्रमा १९ जना पुरुष र एक जना महिला गरी २० जनाले उम्मेदवारी दिएका छन् । नवौं र दशौं ठूलो संख्यामा उम्मेदवारी क्रमसः महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख) र ४ (ख)मा परेको छ । यी दुवै क्षेत्रमा २०–२० जनाले उम्मेदवारी दिएका छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख)मा १८ जना पुरुष र दुई जना महिलाको उम्मेदवारी परेको छ भने महोत्तरी निर्वाचन क्षेत्र नं.४ (ख)मा १९ जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |