धादिङ,३१ असोज ।
धादिङको सिद्धलेक गाउँपालिकामा अपाङ्गता समन्वय समितिको प्रावधान सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । आईतबार नेपाल अपाङ्ग महिला संघको समन्वयमा गाउँपालिका कार्यालयमा अपाङ्गता समन्वय समिति गठन, समितिको काम, कर्तव्य र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले कानून निर्माणले मात्र अपाङ्गता भएका व्यक्तिहरूका मानवअधिकारहरू सुनिश्चित हुन नसक्ने भन्दै व्यक्तिले अनूभूति गर्ने कार्यक्रमबाट सम्वोधन हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सहभागिहरुले अपाङ्गता भएका व्यक्ति र तीनका परिवारलाई आय आर्जन वृद्धि हुने कार्यक्रम ल्याउन धादिङका सरोकारवालाहरुले माग गरेका छन् । अपाङ्गता भएकाहरु लक्षित कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएपनि बजेटमा नपरेको गुनासो गरेका छन् । साथै गाउँपालिकसँग नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता लक्षित कार्यक्रम बनाउन पनि माग गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |