धादिङ,३१ असोज ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ आरूघाट क्षेत्रमा सञ्चालित खाद्यान्न÷किराना÷होटलमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शनिबार ७ वटा सप्लायर्स/किराना पसल तथा १ होटल गरी ८ वटा फर्महरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत सञ्चालनमा रहेका ३ वटा फर्महरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ ।
टोलिले त्रिपुरासुन्दरी गा.पा.–२, आरूघाटमा रहेको विशाल एण्ड विजय स्टोरलाई ५ हजार,नमुना किराना पसललाई हजार र ससुस ट्रेडर्सलाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
टोलीले अनुगमनको क्रममा १६ हजार ६ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको, दर्ता नगरी सञ्चालनमा गरेको पाइएकोले जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको, तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |