धादिङ,०२ कात्तिक।
जिल्ला प्रशासन कार्यालय धादिङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रशासनले बुधबार एक सुचना जारी गर्दै आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन यहि कात्तिक ५ गते भित्र आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो।
जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचन सम्पन्न भएको १ हप्ता पश्चात् फिर्ता हुने गरी ५ कार्तिक २०७९ भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको छ ।
तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |