पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ ।केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ ।
मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ ।उहाँका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन ।
धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |