मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार फलामको सामनहरू १२/१३ क्विन्टल बराबरको रहेको छ। फलामको सामनहरू चाेरी गरी ना ५ ख १४४३ नम्बरको जीपमा लिएर जाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
समान बाेकेकाे जीपलाई अगाडि बाटो देखाउँदै हिँड्दै गरेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जीप, मोटरसाइकल नियन्त्रणमा लिएकाे र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको प्रहरीले जनाएकाे छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |