धादिङ,०५ कात्तिक ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ न्हेवेरमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार खुल्ला चौरमा गाईबस्तु चराउदै गरेका न्हेवेर गाउँका शुकबहादुर तामाङ भालुको आक्रमणबाट घाइते भएका हुन् । घाईते तामाङको दुवै हात खुट्टा र अनुहारमा गम्भीर चोट लागेको वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिनुभयो ।
उनलाई स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि शनिबार हेलिकप्टरमार्फत काठमाण्डौँ लगिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
एक बर्ष अघि भालुको आक्रमणबाट उक्त वडाकै हेन्दुङ गाउँकी एक महिला घाईते भएकी थिईन । बर्षेनी जंगली जनावरको आक्रमणमा परेपछी स्थानीय त्रसित बनेका छन् ।
जनावरको आतङ्कबाट बच्नलाई केन्द्र सरकारले विशेष पहल गर्नुपर्ने भन्दै वडा अध्यक्ष तामाङले स्थानीय सरकारले गर्नुपर्ने पहलकदमी पुृर्णरुपमा गर्ने बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |